विराटनगर । मोरङ क्षेत्र न. ५ मा मा रास्वपाको उमेदवार सम्बन्धी विवाद सतहमा आएको छ ।
त्यो क्षेत्रबाट पार्टीका नेता मनिष झाको निर्देशनमा सम्झना पण्डितलाई हटाएर मधेश प्रदेशको समानुपातिकमा नाम थपेको र प्रत्यक्षमा झाले आफ्नो स्वार्थ पूरा गर्नमा आशा झाको नाम सिफारिस गरेको एउटा पक्षले आरोप लगाएको छ ।
बिज्ञापन
युवा नेता प्रमोद मण्डलले अर्को कारण एउटै क्षेत्रबाट सम्झना पण्डित र आशा झाको नाम सिफारिस गर्दा सिधै फस्ने देखेपछि पन्डितको नाम हटाएको उनले जनाएका छन् । यसबारे उनले सामाजिक सञ्जालमा समेत लेखेका छन् ।
यसको विरोधमा मंगलबार नेपाल पत्रकार महासंघको हलमा मोरङ नम्बर ५ का रास्वपाका नेता तथा कार्यकर्ता उपस्थित भई यसबारे प्रस्ट पार्ने जनाइएको छ ।