Premier Cables

राष्ट्रिय

झापामा पिकअप र बस ठोक्किँदा आमा-छोराको मृत्यु

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ ०१, २०८२  | अपराह्न २:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–३ नयाँ बस्ती खण्डमा सवारी दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब ९:३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एक–आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

विज्ञापन

दुर्घटनामा गम्भीर घाइते भद्रपुर नगरपालिकाका डेढ वर्षीय बालक आरुति राजवंशीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको छ । उनकी आमा ४० वर्षीया सुस्मा राजवंशीको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिकअपमा सवार अन्य ११ जना घाइते भएका छन् । जसमध्ये बी एण्ड सी अस्पतालमा उपचाररत ३ जनाको अवस्था सामान्य छ । बिर्तासिटी अस्पतालमा उपचाररत ८ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनापछि बस चालक फरार छन् । उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पिकअप चालक झापा बिर्तामोड नगरपालिका–६ बस्ने ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka