Premier Cables

राष्ट्रिय

विराटनगरबाट गएको मालबाहक ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, सबै बर्जु गाउँपालिकाका

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ ०१, २०८२  | बिहान ९:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीमा मालबाहक ट्रक पल्टिँदा पाँच जनाको मृत्यु भएको छ।

भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनीयाहीमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा पाँच जना कामदारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

विज्ञापन

विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहान करिब ५:३० बजे अनियन्त्रित भई पल्टिएको हो।

सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार ट्रकमा लोड गरिएको मार्बलले किचिएर पाँचै जना कामदारको मृत्यु भएको हो। उनीहरू ट्रकको मार्बलमाथि बसेका थिए।

मृत्यु हुनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, अन्दाजी ४५ वर्षका चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन्। सबै मृतक एउटै गाउँका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

उनीहरु बर्जु गाउँपालिका १ का हुन । को१ख ४५४१ नम्बरको ट्रक लौकही हुलाकी मार्गमा पल्टिएको थियो ।

दुर्घटनामा तीन जना सामान्य घाइते भएका छन्।

दुर्घटनापछि फरार भएका ट्रक चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka