Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

थाईल्याण्डमा रेलमा क्रेन खस्दा कम्तिमा २२ को मृत्यु

Calendar बुधबार, पुष ३०, २०८२  | अपराह्न १२:३८ बजे

काठमाडौं । बैंककबाट थाइल्याण्डको उत्तर–पूर्वी क्षेत्रतर्फ गइरहेको यात्रुवाहक रेलमा निर्माणाधीन क्रेन खस्दा ठूलो दुर्घटना भएको छ ।

समाचार संस्था अलजजिराका अनुसार, उत्तर–पूर्वी थाइल्याण्डमा भएको उक्त दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

बिज्ञापन

दुर्घटना बुधबार बिहान बैंककबाट करिब २३० किलोमिटर उत्तर–पूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो । रेल थाई राजधानी बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ जाँदै थियो ।

उच्च गतिको रेलमार्ग निर्माण भइरहेकाे स्थानमुनि रेल गुडिरहेका बेला माथि काम गरिरहेको क्रेन भत्किएर रेलमाथि खसेको जनाइएको छ ।

क्रेनको ठक्करपछि रेल लिकबाट बाहिरिएको थियो र त्यसपछि केही समय आगलागीसमेत भएको अलजजिराका स्थानीय संवाददाताले बताएका छन् ।

प्रारम्भिक विवरणमा चार जनाको मृत्यु भएको उल्लेख भए पनि मृतक संख्या क्रमशः बढ्दै १२ पुगेको र हाल थाई प्रहरीले २२ जनाको मृत्यु पुष्टि गरेको छ । मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ५५ जना घाइते भएका छन् । घटनास्थलमा उद्धार कार्य जारी रहेको छ भने आगलागी भने नियन्त्रणमा लिइसकिएको स्थानीय प्रहरीले जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka