Premier Cables
Premier Steel

राष्ट्रिय

आगामी चुनावमा दलहरूसँग रणनीतिक तालमेल हुन्छः कांग्रेस नेता सिटौला

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष २१, २०८२  | अपराह्न १:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले आगामी चुनावमा दलहरूसँग रणनीतिक तालमेल गरेर अघि बढ्ने तयारी रहेको बताएका छन्।

सोमबार पत्रकारहरूसँग कुरा गर्दै सिटौलाले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन नगर्ने कांग्रेसको स्पष्ट र अन्तिम अडान रहेको बताए। उनका अनुसार राष्ट्रिय सभाको निर्वाचनमा भने आवश्यकताअनुसार रणनीतिक तालमेल हुन सक्छ।

बिज्ञापन

‘राष्ट्रिय सभामा रणनीतिक तालमेल हुन्छ, तर प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन हो,’ उनले भने।

सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने पनि स्पष्ट पारे। उनले पार्टी फुटाउने वा कमजोर बनाउने कुनै प्रयास स्वीकार्य नहुने उल्लेख गर्दै भने, ‘विशेष महाधिवेशन हुँदैन, हुन दिँदैनौं। कांग्रेस चिरिन दिँदैनौं। पार्टी कमजोर होस्, झगडा होस् भन्ने चाहना कसैको हुन सक्छ, तर हामी त्यो हुन दिँदैनौं।’

विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई लक्षित गर्दै सिटौलाले काठमाडौं नआउन आग्रह गरे। उनले उनीहरूलाई चुनावको तयारीमा केन्द्रित हुन समेत सुझाव दिए।

‘हस्ताक्षर गर्ने साथीहरूलाई काठमाडौं नआउन र चुनावको तयारीमा लाग्न आग्रह गर्दछु,’ उनले भने।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka