Premier Cables
Premier Steel

समाचार

२० वर्ष कैद तोकिएका फरार प्रतिवादी मिक्लाजुङबाट पक्राउ

Calendar बिहिबार, पुष १७, २०८२  | साँझ ७:४९ बजे

विराटनगर । कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०७३ चैत २७ गतेको फैसलाले २० वर्ष कैद सजाय तोकिएका एक जना फार प्रतिवादी पक्राउ परेका छन् ।

मोरङको मिक्लाजुड गाउँपालिका वडा नं ५ बस्ने वर्ष ४६ को डि.वि. भन्ने डिग बहादुर राई ९ वर्षदेखि फरार रहेकोमा पुस १६ गते पक्राउ परेका हुन ।

बिज्ञापन

जिल्लाप्रहरी कार्यालय मोरङकी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) कोपिला चुँडालका अनुसार जिल्लाबाट खटिएको प्रहरी प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा घरबाटै राईलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको मोरङ जिल्ला अदालतमा बुझाईएको चुँडालले जानकारी दिएकी छिन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka