Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी प्रदेश स्तरीय सुरक्षा गोष्ठी, गृहमन्त्री भन्छन्- भयरहित वातावरणमा निर्वाचन हुन्छ

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष १६, २०८२  | बिहान १०:३२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना भएको छ।

संघीय सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा निर्वाचन हुने स्पष्ट पार्दै त्यसका लागि आवश्यक तयारी सुरु भइसकेको जानकारी दिएका छन् ।

गृहमन्त्री अर्यालले निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए। उनका अनुसार राजनीतिक दलहरू पनि निर्वाचन तयारीमा सक्रिय भइसकेका छन्।

गोष्ठीमा गृहमन्त्रीसँगै गृह मन्त्रालयका उच्च अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकारीहरूका साथै कोसी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरू उपस्थित छन्।

गोष्ठीका क्रममा जिल्ला–जिल्लाका सुरक्षा प्रमुखहरूले आ-आफ्नो क्षेत्रको सुरक्षा अवस्था, विद्यमान चुनौती, सीमा क्षेत्रको संवेदनशीलता तथा निर्वाचन अवधिमा देखिन सक्ने सम्भावित जोखिमबारे विस्तृत जानकारी प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यसअघि मंगलबार विराटनगर आएका गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको आवरणमा आगजनी गरिएको मोरङ जिल्ला प्रशासन कार्यालय र विराटनगरस्थित आईसीपीको स्थलगत निरीक्षण गरेका थिए।

साथै, उनी सुनसरीको चतराधाम पनि पुगेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka