Premier Cables
Premier Steel

राजनीति

रवि र बालेनबीच सहमतिको खाका तयार हुंदै

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष ११, २०८२  | अपराह्न १:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच जारी पार्टी एकता वा सहकार्यसम्बन्धी छलफल आज रातिसम्म टुंगिने संकेत देखिएको छ। दुवै पक्षका सहकर्मीहरू सहमतिको विस्तृत खाका तयार पार्ने काममा जुटेका छन्।

निकट स्रोतका अनुसार पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको अनुपातबारे छलफल भइरहेको छ। समानुपातिक उम्मेदवार सूची ७०–३० को अनुपातमा तयार गर्ने प्रस्तावमा समेत सहमतिको प्रयास भइरहेको जनाइएको छ। सहमति भएलगत्तै पार्टी एकता वा सहकार्यको औपचारिक घोषणा गरिने बताइएको छ।

बिज्ञापन

रवि र बालेनबीच यसअघि दुई चरणको वार्ता गराइसकेका असीम शाह, आसिफ शाह र कुमार बेनले थप छलफलको तयारी थालेका छन्। उनीहरूले आज शुक्रबार रातिसम्म वार्तालाई निष्कर्षमा पुर्‍याउने प्रयास गरिरहेका छन्।

निकटस्थहरूका अनुसार एकीकृत पार्टी बनेमा वरीयताको हिसाबले बालेन रविपछिको स्थानमा रहनेछन्। साथै, बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने पुरानो प्रतिबद्धतामा रवि कायम रहेको र यही विषयमा आधारभूत सहमति जुट्ने विश्वास गरिएको छ।

यसअघि छलफलले ठोस निष्कर्ष नदिएपछि बालेनले आफ्ना निकट सहयोगी कुमार बेनको ज्वागलस्थित निवासमा भेटघाट बढाउँदै ‘देश विकास पार्टी’का लागि समर्थन जुटाउने प्रयास तीव्र पारेका थिए। ७ पुसको राति कमलपोखरीमा भएको छलफलका विषयलाई रविले बाहिर फरक ढंगले प्रस्तुत गरेको भन्दै बालेन असन्तुष्ट बनेका थिए।

बालेनले छुट्टै पार्टीको ब्यानरमा अघि बढ्ने संकेत दिएपछि रवि लामिछाने सतर्क बनेका थिए।

त्यसपछि दुवै पक्षबीच पुनः संवाद सक्रिय बनेको र सहमतिको सम्भावना बलियो भएको बताइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka