Premier Cables

समाचार

बालेनकै लौरो, पहिले नै दर्ता ! पार्टीको नाम हाम्रो नेपाल

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज १७, २०८२  | राती ८:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ‘हाम्रो नेपाल’ नामक नयाँ राजनीतिक दल निर्वाचन आयोगमा पहिले नै दर्ता भइसकेको छ।

यो पार्टी अनन्तराज घिमिरेको अध्यक्षतामा दर्ता गरिएको हो, र सुदन गुरुङको ‘हामी नेपाल’ समूहसँग नजिक रहेको बताइन्छ।

विज्ञापन

अध्यक्ष घिमिरेले पुरानो घटना स्मरण गर्दै भने,“करिब तीन वर्षअघि केही युवाहरू पार्टी दर्ता गराउन आयोग आएका थिए। पार्टीको नाम राखिएको थियो ‘हाम्रो नेपाली पार्टी’ र चुनाव चिन्ह थियो – लौरो। मैले मजाकमै सोधेँ, ‘यो त बालेन साहको लौरो हो कि क्या?’ उनीहरूले हाँस्दै भने- ‘हो, यही बालेनकै समर्थनमा हो।’”

समयको फेरोले आज त्यो कुरा पुष्टि गरिदिएको छ। घिमिरेले आफैं खुलासा गरेका छन्- उक्त पार्टी वास्तवमै बालेन शाहको समर्थनमा नै दर्ता गरिएको हो।

उनका अनुसार लौरो चिन्हलाई केवल चुनावी प्रतीक नभई एक संस्थागत रूप दिन विभिन्न क्षेत्रका इन्जिनियर, बुद्धिजीवी र समर्थकहरू मिलेर पार्टी दर्ता गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka