Premier Cables
Premier Steel

कोशी प्रदेश

नेकपा पाँचथरबाट मिक्सोको नाम सर्वसम्मत सिफारिस

Calendar मंगलबार, पुष ०८, २०८२  | साँझ ७:३० बजे

विराटनगर । आगामी २०८२ फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि पाँचथर जिल्लाबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले हर्कबहादुर नेम्वाङ (मिक्सो) को नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

पार्टीको मंगलबार बसेको जिल्लास्तरीय बैठकले सर्वसम्मत रुपमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बिज्ञापन

स्थानीय नेता दिनेश लावतीका अनुसार जिल्ला कार्यसमितिको बैठकले नेम्वाङको उम्मेदवारीलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

एकभन्दा धेरै दावेदार रहेको अवस्थामा जेनजी र महिलासहित पाँच जनाको नाम पठाउने पार्टी केन्द्रले परिपत्र गरेको भएपनि नेम्बाङको नाममा सर्वसम्मति भएकोलले एकल सिफारिस भएको नेताहरुले बताएका छन् ।

तत्कालीन नेकपा माओवादी कोशी प्रदेशका अध्यक्षसमेत रहेका नेम्वाङ अनुभवी र पुराना राजनीतिक कार्यकर्ता हुन् । जनयुद्धका क्रममा घाइते भएका उनलाई जिल्लामा एक इमान्दार र शालीन नेताको रूपमा हेरिन्छ ।

नेम्वाङको राजनीतिक यात्रा लामो भएपनि उनले हालसम्म कुनैपनि लाभको पद धारण गरेका छैनन् । उनको त्याग र पार्टीप्रतिको निष्ठाका कारण नै उनलाई यसपटक चुनावी मैदानमा उतारिएको सो पार्टीले जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka