Premier Cables
Premier Steel

राजनीति

भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०२, २०८२  | साँझ ४:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै संसदमा प्रस्तुत गरिएको भूमि सम्बन्धी विधेयकप्रति आपत्ति जनाएका छन्। अध्यक्ष यादवले भूमि सम्बन्धी अध्यादेश जनताको हितमा नरहेको भन्दै विगतमा पनि पार्टीले विरोध गरेको स्मरण गरे ।

‘भूमि सम्बन्धी अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौँ,’ उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा भने । उनका अनुसार अहिले सरकारद्वारा संसदमा पुनः पेस गरिएको विधेयकमा समेत वन र भूमाफियाको स्वार्थ अनुरूपका प्रावधानहरू यथावत् राखिएको छ।

बिज्ञापन

अध्यक्ष यादवले सो विधेयक पारित भएमा जसपा नेपाल सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोधमा उत्रने चेतावनी दिएका छन् । उनले सरकारलाई जनताको हित विपरीत कानुन ल्याउन नदिने दृढता समेत व्यक्त गरे । यसअघि ल्याइएको भूमिसम्बन्धी अध्यादेश यादवकै पार्टीले विरोध गर्दा सरकार फिर्ता लिन बाध्य भएको थियो ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka