Premier Cables
Premier Steel

राजनीति

ठिक ढंगले काम गरौं, निर्वाचन जितिन्छ: गगन थापा

Calendar सोमबार, मंसिर २९, २०८२  | बिहान ११:५८ बजे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठीक ढंगले काम गर्न सके निर्वाचन आफैँ जितिने बताएका छन् ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राम्रो काम गर्न सके मतदाता आफैँ पछ्याउँदै आउने र मत माग्न जानुपर्ने अवस्था नरहने बताएका हुन् ।

बिज्ञापन

कांग्रेसलाई फेरि एकपटक इतिहासले महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको बताए । उनले देशलाई द्वन्द्वबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै विगतमा झैँ अहिले पनि त्यसको जिम्मेवारी कांग्रेसमाथि रहेको धारणा राखे ।

त्यस्तै उनले सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको समेत बताएका छन् ।

देशलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसमाथि आएको भन्दै थापाले छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ भएका कमजोरी स्वीकार गर्दै समुदायबीचमा जानुपर्ने बताए ।

उनले भने, “नेपाली कांग्रेसलाई फेरि एकपटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । हामीले हिजो देशलाई हिंसाबाट बाहिर निकाल्यौँ, देशलाई जातीय द्वन्द्वको सम्भावनाबाट बाहिर निकाल्यौँ । आज फेरि एकपटक नेपाललाई सम्हाल्ने कांग्रेसले जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।”

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka