Premier Cables
Premier Steel

राजनीति

निर्धारित मितिको चुनाव दयाँबायाँ नहोस-राष्ट्रपति पौडेल

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर २८, २०८२  | साँझ ७:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राख्दै सरकारलाई सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सुझाव दिएका छन् ।

चुनावको मितिमा कुनै पनि किसिमको दायाँबायाँ नहुने गरी काम गर्न उनले आग्रह गरे ।

बिज्ञापन

आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले उक्त सुझाव दिएको उनको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले निर्वाचनलाई प्रभावित नपर्ने गरी सरकारका सबै गतिविधि सञ्चालन गर्न निर्देशन दिँदै अघिल्ला निर्वाचनभन्दा अझ बढी तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई आग्रह गरेका थिए ।

उक्त अवसरमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत गरेकी थिइन् ।

राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा देखिएका तथा भविष्यमा आउन सक्ने सुरक्षा चुनौतीहरूको मूल्याङ्कन गर्दै राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa