Premier Cables
Premier Steel

समाचार

कोशी प्रदेशका पहाडी जिल्लाहरूमा खेलकुद बोर्डको अनुगमन र अन्तरक्रिया

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०२, २०८२  | अपराह्न १२:४९ बजे
Hamro Biratnagar Headlines

विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका विभिन्न पहाडी जिल्लाहरूको खेलकुद समिति मातहतको कार्यालय तथा खेलकुदको संरचनाको अनुगमन तथा खेलक्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ। प्रदेशका १४ जिल्लाकै खेलकुद संरचनाको अनुगमन, निरीक्षण र अन्तरक्रियाको क्रममा हाल बोर्डले प्रदेशका पहाडी जिल्लाहरूमा खेलक्षेत्रका सरोकारवालाहरू, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू, निजीक्षेत्रसँग अन्तरक्रिया गरेको हो ।

बोर्डले सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) को नेतृत्वमा प्रदेशका १४ जिल्लाको खेलकुद संरचनाहरूको अभिलेखन तथा आगामी बजेटमा सरोकारवालाहरूको माग र चासो बुझ्न अनुगमन र अन्तरक्रिया गरिरहेकोको बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले जानकारी दिनुभयो। भट्टराईले बोर्डले पछिल्लो समय प्रदेशको पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुमा अनुगमन, निरीक्षण र अन्तक्रिया गरेको बताउनु भयो।

बोर्डले खोटाङमा जिल्ला खेलकुद विकास समितिको कार्यालय तथा खोटाङ बहुउद्देश्यीय कभर्डहल लगायतको संरचना, ओखलढुङ्गामा जिल्ला खेलकुद विकास समितिको कार्यलय भवन, निर्माणाधीन बहुउद्देश्यीय कभर्डहल, समितिको कार्यलय प्राङ्गणमा रहेको निर्माणाधीण खेलमैदान र सोलुखुम्बुमा जिल्ला खेलकुद विकास समितिको कार्यालय, योङ्ग स्टार बहुउद्देश्यीय कभर्ड हल, खेलमैदान लगायतको संरचनाको अनुगमन र निरीक्षण गरेको छ।

बोर्डले ओखलढुङ्गामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री प्रदिप सुनुवारले सानो स्तरको व्यवसायिक खेल संरचनाको निर्माणका लागि स्थानीय तहसँग सहकार्य गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो। उहाँले सरकारको खर्च गर्ने क्षमता

सधैँ थोरै हुने भएकोले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सुझाव समेत दिनु भएको थियो।

त्यस्तै, सोलुखुम्बुमा सम्पन्न अन्तरक्रियामा कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले जिल्लामा रहेका खेलकुद विकास समितिहरूले इमान्दार ढंगले कार्य गरेमा मात्रै खेलकुदको विकास सम्भव हुने बताउनु भएको थियो। उहाँले खेलकुद विकास समितिले राख्ने गलत सर्तहरूमा पनि खेलाडीहरूले सहमति नगर्ने अभ्यासको थालनी आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको भयो।

बोर्डका सदस्य सचिव बस्नेतले प्रदेशका १४ वटै जिल्लामा रहेको खेलकुद संरचनाहरू विभिन्न सरकारी निकाय, संघ संस्थाको नाममा रहेकोले त्यसको अभिलेखन गरेर खेलकुद संरचना निर्माणमा देखिएको बाधा फुकाउन प्रदेश सरकार समक्ष पहल गर्ने बताउनु भएको। उहाँले अन्तरक्रियामा उठेका महत्त्वपूर्ण विषयको समाधानको र जिल्लामा उठेका मागहरूको सम्बोधनका लागि समेत प्रदेश सरकारबाट अधिकतम बजेटका लागि आग्रह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka