Premier Cables
Premier Steel

राष्ट्रिय

गोरखाबाट चुनाव लड्ने सुदन गुरुङको तयारी

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर २६, २०८२  | बिहान १०:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गत साता आफ्नो जन्मभूमि गोरखा पुगेका ‘द काउन्सिल अफ जेनजी’का अगुवा सुदन गुरुङ स्थानीयको समस्या सुन्दै पोखरा हुँदै काठमाडौं फर्किएका छन्।

गाउँको परिवेश बुझ्ने र स्थानीयसँग भेटघाट गर्ने उद्देश्यले गरिएको गोरखा यात्रामा उनले सुरुदेखि नै स्थानीय युवाहरूको साथ पाएका थिए। गोर्खा बजारमै जेनजी अभियानमा सक्रिय युवाले उनको स्वागत गरेका थिए।

बिज्ञापन

निकटस्थहरूका अनुसार सुदन आगामी निर्वाचनमा वातावरण मिलेसम्म गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने तयारीमा छन्। यो क्षेत्रमा विगतको चुनावमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका थिए।

गोरखा भ्रमणले सुदनको पुख्र्यौली थलोमा पुनः जरा जोड्ने, स्थानीयसँगको भावनात्मक सम्बन्ध मजबुत पार्ने र राजनीतिक आधार विस्तार गर्ने प्रयासलाई झनै स्पष्ट बनाएको छ। गाउँ पुगेपछि उनले आफन्त र गाउँलेलाई साथमा उभ्याएर आफूविरुद्ध उठ्ने नागरिकता सम्बन्धी प्रश्नहरूलाई खुलेर जवाफ दिए।

‘केपी ओलीज्यू, महेश बस्नेतज्यू र देश–विदेशमा रहेका सबैसँग भन्न चाहन्छु— यो मेरो गाउँ हो, यो मेरो चुमनुब्री, यिनै मेरा आफन्त र गाउँले हुन्,’ उनले भिडियो सन्देशमार्फत भने, ‘अबदेखि मेरो नागरिकतामा प्रश्न उठाउँदा दस पटक सोच्नुहोला, नत्र यस गाउँ–समाजले नै तपाईंलाई गाली गर्छ।’

नागरिकता विवादको प्रत्यक्ष जवाफसँगै उनले राजनीतिक संकेत पनि दिए— माहोल मिलेसम्म गोरखा–१ बाट चुनाव लड्न तयार रहेको। यसै क्रममा उनले स्थानीय समस्यासम्बन्धी गुनासो सुने र आवश्यकिएका ठाउँमा काठमाडौंका सम्बन्धित मन्त्रीहरूसँग सम्पर्क गरेर तत्कालीन आश्वासन पनि दिलाए।

तीन दिने यात्रामा उनले गोर्खा बजारबाट औपचारिक कार्यक्रम सुरु गरेका थिए। गोर्खा दरबार पुगेर दर्शन गरे, जसले पृथ्वीनारायण शाहसँग जोडिएको एकताको सन्देश दिन खोजिएको जस्तै देखिन्थ्यो। त्यसपछि पारिवारिक भेटघाट पनि भयो— बजारमा भेटिएकी एक आफन्तलाई उनले ‘काका’ भन्दै गरेको सम्बोधनले भेटघाट भावनात्मक बन्दै गयो।

तर, त्यही रात गोर्खा बजारमै बस्ने योजना भने सुरक्षाजन्य कारणले परिमार्जन गर्नुपर्‍यो। ‘एमाले कार्यकर्ताको आक्रमण हुने जोखिम’ देखिएपछि कार्यक्रम केही स्थगित गरियो र उनी माछाखोला क्षेत्रमा बसे। भोलिपल्ट उनी आफ्नै गाउँ चुमनुब्री पुगेका थिए।

गोरखाको विकट भूभाग हुँदै तीन दिनपछि टोली पुनः बजार फर्कियो। मध्यरातमा फर्किएका सुदन र टोलीलाई स्थानीयले स्वागत गरे र भोलिपल्ट पोखराका लागि विदाइ गरियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka