Premier Cables
Premier Steel

समाचार

मोरङमा कांग्रेसका चर्चित अनुहार किन परेनन् प्रतिनिधि सभा सिफारिसमा?

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर २४, २०८२  | बिहान ११:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा कडाइका साथ लागू गरेको नयाँ मापदण्डका कारण मोरङका धेरै चर्चित नाम सिफारिस सूचीबाट बाहिरिएका छन्।

पार्टीले पदमा कार्यरत तथा केही विधागत प्रतिबन्धमा परेका व्यक्तिलाई सिधै उम्मेदवार बन्न नदिने निर्णय गरेपछि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, प्रदेशसभा सदस्य अमृत अर्याल, भीम पराजुली, तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सिफारिसमा पर्न नसकेका हुन्।

बिज्ञापन

प्रदेशसभा सदस्य अमृत अर्यालले पार्टीले तोकेको मापदण्ड आफूहरूले स्वीकार गरेको बताउँदै सिफारिसमा नपर्नु स्वाभाविक भएको प्रतिक्रिया दिए।

कांग्रेसले लागू गरेको मापदण्डको असर
कांग्रेसले जारी गरेको १० बुँदे मापदण्डअनुसार निम्न कारणहरूले मोरङका अग्रणी नेताहरू सिफारिसमा पर्न सकेनन्—

पार्टी पदमा रहेकाहरू उम्मेदवार बन्न नपाउने व्यवस्था
पदाधिकृत रूपमा जिम्मेवारीमा रहेका व्यक्तिहरूले प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिन नपाउने प्रावधानले केही व्यक्तिहरू स्वतः बाहिरिए।

२०७९ को समानुपातिकतर्फबाट निर्वाचितहरूलाई २०८२ को समानुपातिकमा टिक्ट नदिने प्रावधान

यसले त्यसवेलाका धेरै प्रतिनिधिहरूलाई प्रत्यक्ष वा समानुपातिक दुवै सिफारिसमा समावेश हुन रोक्यो।

२०७९ स्थानीय तहमा जितेका जनप्रतिनिधि पुनः उम्मेदवार बन्न नपाउने व्यवस्था

स्थानीय तहबाट निर्वाचितहरूलाई यसपालि सिफारिस गर्न नपाइने प्रष्ट उल्लेख छ, जसले धेरै नाम क्युट भयो।

जातीय विभेद, घरेलु हिंसा, बालश्रम जस्ता मुद्दामा दोषी ठहर भएकाहरू अयोग्य

सामाजिक आचरणसम्बन्धी कडा मापदण्डले पनि केही व्यक्तिलाई प्रभावित गरेको देखिन्छ।

एक व्यक्तिले एकै पदमा मात्र सिफारिस पाउनु पर्ने नियम
यसले दोहोरो दाबी गर्ने नेताहरुलाई सूचीबाट हटायो।

यी कडा नियमहरूका कारण मोरङबाट पार्टीका चर्चित, संगठनमा प्रभाव राख्ने तथा सार्वजनिक जीवनमा सक्रिय नेताहरू सिफारिस सूचीमा नपरेका हुन्।

धेरै स्थानीय नेता र कार्यकर्ताले यो निर्णयलाई संस्थागत सुधार र नयाँ पुस्तालाई अवसर दिने कदमका रूपमा व्याख्या गरेका छन् भने केहीले अनुभवी नेतृत्वलाई काटिएको भन्दै असन्तुष्टि जनाएका छन्।

कांग्रेसले सिफारिस बन्दसूचीलाई आगामी केन्द्रीय छनोट प्रक्रियामा टुंग्याउने तयारी गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka