Premier Cables
Premier Steel

राजनीति

मधेस प्रदेश मुख्यमन्त्रीमा दुई दलको दाबी

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर १९, २०८२  | अपराह्न ३:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। मधेस प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने प्रक्रियामा दलहरूले सहमति जुटाउन नसक्दा राजनीतिक जटिलता बढिएको छ। एमालेका सरोज कुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुखले तोकेको दाबी पेस गर्ने समयसीमा आज साँझ ५ बजे सकिँदै छ।

नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एउटै पक्षमा उभिए पनि दुबै दलले आफ्ना–आफ्नै तर्फबाट मुख्यमन्त्रीका लागि दाबी गरेपछि सहमति जुट्न नसकेको हो।

बिज्ञापन

लोसपाका प्रदेशसभा सदस्य जयनुल राइनले बाह्रखरीसित भने, “३ बजेसम्म केही सहमति बन्ला, हामी अझै छलफलमै छौँ।”

मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मंसिर १७ गते संविधानको धारा १६८(२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थन प्राप्त गरी बहुमत बनाउन सक्ने सदस्यलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।

सात दलबीच सहमति नजुटे र समयमै दाबी पेस नभए प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा पुनः एमालेलाई सत्ता गठनको अवसर खुल्न सक्ने सम्भावना देखिएको छ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa