२०८२ जेठ ०२, शुक्रबार
Premier Cables

समाचार

सेनामा नेपालीलाई भर्ना नगर्न प्रधानमन्त्रीको रुसी राष्ट्रपतिलाई आग्रह

Hamro Biratnagar Calendar बिहिबार, जेठ ०१, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासंघ अन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल र रुसबिचको मित्रवत् सम्बन्धका विविध विषयमा छलफल भएको छ ।

बिज्ञापन

भेटमा प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिनुभएको छ । प्रधानमन्त्री ओलीले पनि रुसका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गर्नुभयो ।

बिज्ञापन

प्रधानमन्त्री ओलीले नेपाल र रुसबिच कुनै सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन आग्रह गर्नुभयो । जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगाइने विश्वास दिलाउनुभयो । भेटका अवसरमा नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुन्थ्यो ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement