Premier Cables
Premier Steel

समाचार

कांग्रेस मोरङ सदस्य वीरेन्द्र साह रास्वपामा, अब नयाँ ढंगले राजनीति गर्ने घोषणा

Calendar बुधबार, मंसिर १७, २०८२  | बिहान ११:२२ बजे

विराटनगर । नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य तथा संचार विभाग प्रमुख विरेन्द्र कुमार साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

उनी कांग्रेस छाडेर प्रवेश गरेका हुन । साह पत्रकारिता क्षेत्रमा समेत उत्तिकै सक्रिय छन् । काठमाडौमा भोलि रास्वपाको कार्यक्रममा औपचारिक रुपमा उनी पार्टी प्रवेश गर्ने बताइएको छ । साह काठमाडौ पुगेका छन् ।

बिज्ञापन

कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बूले साहलाई पार्टीको प्रेस हेर्ने गरी जिम्मेवारी दिएका थिए । अब नयाँ र फरक ढंगले राजनीतिमा सक्रिय हुन रास्वपामा प्रवेश गरेको साहले बताएका छन् ।

उनी सामाजिक कार्यहरुमा समेत उत्तिकै सक्रिय र लोकप्रिय छन् ।

साहले समस्यमा परेका विपन्न वर्गलाई शैक्षिक तथा स्वास्थ्यसँग सम्बन्धित सहयोग गर्दै आएका छन् ।

कांग्रेस नेतृ सुजाता कोइरालाको निर्वाचन क्षेत्र नम्बर मोरङ २ का साह सुनवर्षी नगरपालिकाका स्थायी बासिन्दा हुन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka