Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश

कोशी प्रदेशः पहिलो चौमासिकमा पाँच प्रतिशतमात्र पूँजीगत खर्च

Calendar बुधबार, मंसिर १०, २०८२  | अपराह्न १२:३६ बजे

विराटनगर । विगत तीन आर्थिक वर्षको तुलनामा कोसी प्रदेश सरकारको पहिलो चौमासिक अवधिसम्मको खर्च घटेको छ ।

आर्थिक वर्ष २०८२/८३ को कार्तिक महिनासम्म जम्मा रु.३ अर्ब २९ करोड ५८ लाख खर्च भएको आर्थिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

कुल खर्च मध्ये चालु खर्च रु.१ अर्ब ५९ करोड ११ लाख, पूँजीगत खर्च रु.८३ करोड २१ लाख र स्थानीय तहमा वित्तीय हस्तान्तरणको रु.८७ करोड २६ लाख रहेको छ ।

चालु आ.व.२०८२/८३ को कात्र्तिक महिनासम्म कुल विनियोजनको ९.२ प्रतिशत खर्च भएको छ । जसमा चालु खर्च ११%, पूँजीगत खर्च ५% र स्थानीय तह अनुदान १९% प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म प्रदेश सरकारको कुल खर्चमध्ये सबै भन्दा बढी असोज महिनामा रु.१ अर्ब ९४ करोड ३७ लाख खर्च भएको छ भने सबैभन्दा कम खर्च श्रावण महिनामा भएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka