Premier Cables
Premier Steel

कोशी प्रदेश

सुख्खाले सताएको तेह्रथुम, किसानलाई राहतको माग

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, साउन १५, २०८२  | बिहान १०:३७ बजे

विराटनगर । पहाडी जिल्लामा समेत पानी नपर्द किसानले बाली लगाउन नसकेको बताउँदै वैकल्पिक व्यवस्था गर्न कोसी प्रदेश सभाका सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

तमोर नदीले छाएको गाउँहरुमा समेत रोपाई नहुँदा धान र मकैबालीमा समेत असर गरेको एमालेका प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालले बताए । किसानको अवस्था निरीह भएको भन्दै उनले प्रदेश सभा सदस्यले तेह्रथुमलाई सुख्खाक्षेत्र घोषणा गरी राहत वितरण गर्न माग गरे ।

बिज्ञापन

एमाले सांसद मीना श्रेष्ठले बेरोजगारीका कारण विदेश पलायन हुने क्रम बढेको भन्दै सडक पेटीमा गरिने स्ट्रिट फुडमा सहभागी गराउन सकिने बताएकी छिन् ।

सुनसरीको इटहरी क्षेत्रमा स्ट्रिट फुड जस्ता व्यवसायमा युवा संलग्न रहेको भन्दै रात्रिकालीन बसबाट गन्तब्यमा पुग्ने यात्रुलाई उनीहरुले सहज बनाएको बताइन । प्रदेश सरकारले इटहरी, धरान, विराटनगर, दमक लगायत क्षेत्रमा स्ट्रिट फुड जोनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरिन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka