Premier Cables
Premier Steel

कोशी प्रदेश

सभामुख घिमिरेद्वारा जलेको तथा निर्माणाधीन कोशी प्रदेश सभा भवन निरीक्षण

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०९, २०८२  | साँझ ५:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको कोशी प्रदेश सभा भवनको निरीक्षण गरेका छन्।

वैवाहिक कार्यक्रममा सहभागी हुन विराटनगर आएका घिमिरेले कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टसँगै जलेको भवनको अवस्था अवलोकन गरेका हुन्। विष्टले आगजनीबाट भएको नोक्सानीबारे घिमिरेलाई जानकारी दिएका थिए।

बिज्ञापन

मंगलबार जलेको संरचना हेरेपछि घिमिरेले प्रतिनिधि सभा सर्वोच्च अदालतबाट पुनर्स्थापित हुनेमा आफू विश्वस्त रहेको बताए। उनले भने, “यो विषय अब न्यायालयमा पुगेको छ। ठीक ढंगले न्याय भए प्रतिनिधि सभा पुनर्स्थापित भएर जान्छ।” संविधानले अहिले देखिएको शैलीमा प्रतिनिधि सभा विघटनको कल्पना नै नगरेको बताउँदै उनले संसद बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान संविधानमा नभएको तर्क गरे। प्रतिनिधि सभा विघटन प्रकरणमा घिमिरेले सर्वोच्च अदालतमा लिखित जवाफ पनि दिएका छन्।

देवकोटा चोक र अस्पताल चोकबीच रहेको पुरानो प्रदेश सभा भवन आगलागीले पूर्णरूपमा क्षतिग्रस्त भई प्रयोगअयोग्य बनेपछि प्रदेश सभा र सचिवालयलाई कटहरी–१ स्थित तरकारी बजारमा सारिएको छ।

सभामुख घिमिरेले मोरङको कटहरीस्थित कृषि थोक बजारमा निर्माणाधीन प्रदेश सभा सचिवालय भवनको पनि स्थलगत निरीक्षण गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka