Premier Cables
Premier Steel

समाचार

कोशी सभाका प्रदेश सचिव खड्काले लिए सपथ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक २६, २०८२  | अपराह्न ३:३१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेश सभामा नयाँ सचिवको रूपमा सुदर्शन खड्का नियुक्त भएका छन्। सभामुख अम्बर बहादुर विष्टले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

प्रदेश प्रमुखले आजै खड्कालाई प्रदेश सभा सचिवमा नियुक्त गरेका थिए। सभामुख विष्टले उनको नाम सिफारिस गरेका थिए। प्रदेश सभा सचिवालयका अनुसार खड्काले आज अपराह्न ३ बजे औपचारिक रूपमा शपथग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।

बिज्ञापन

५६ वर्षीय खड्का भक्तपुर नगरपालिका–४, चाँगुनारायणका स्थायी बासिन्दा हुन्। उनी यसअघि संघीय संसद सचिवालयमा कार्यरत थिए। उनले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा शिक्षा शास्त्रमा एक वर्षे बीएड अध्ययन पूरा गरेका छन्।

यसैबीच, कोशी प्रदेश सभा आजदेखि मोरङको कटहरीमा स्थानान्तरण गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka