Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेश: कति थपिए नयाँ मतदाता ? (विवरण)

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०८, २०८२  | अपराह्न १२:२६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेशमा हालैको अवधिमा १ लाख ५७ हजारभन्दा बढीले मतदाता नामावली दर्ताका लागि निवेदन दिएका छन्।

असोज १० देखि कात्तिक मसान्तसम्म र पछि थप गरिएको मंसिर ५ गतेसम्म जिल्लास्तर तथा प्रदेश निर्वाचन कार्यालयमार्फत र राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइन आवेदन गरी कुल १,५७,६१३ जनाले नाम दर्ताका लागि निवेदन दिएका हुन्।

बिज्ञापन

निर्वाचन कार्यालयमा पुगेर ५८,९२५ जनाले निवेदन दिएका छन् भने ९८,६८८ जनाले अनलाइनमार्फत आवेदन गरेका छन्। असोज १० अघि कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९ सय मतदाता थिए।

निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि नागरिकले आफूलाई अनुकूल पर्ने कुनै पनि निर्वाचन कार्यालयबाट आवेदन दिनसक्ने व्यवस्था गरेको थियो।

सबै फागुन २१ को मतदाता नबन्ने

असोज १० देखि मंसिर ५ सम्म दर्ता भएका सबै आगामी फागुन २१ गते हुने निर्वाचनका मतदाता नहुने प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तिर्थ अधिकारीले जानकारी दिए।

उनका अनुसार १६ वर्ष पुगेका र नागरिकता प्राप्त गरेका व्यक्तिले नाम दर्ता गराए पनि फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने मात्रै फागुन २१ को चुनावमा मतदाता बन्न पाउनेछन्।

हाल दर्ता आएका निवेदनहरूको छानबिन, दोहोरो दर्ता हटाउने, त्रुटि सच्याउने तथा ठाउँसारी समायोजन गर्ने काम भइरहेको छ। अद्यावधिक नामावली मंसिर २० गते निर्वाचन आयोगमा पठाइने र निर्वाचनको मतदाता नामावली पुस २३ गते सार्वजनिक गरिने तालिका रहेको अधिकारीले बताए।

ठाउँसारीको संख्या बढ्दै

जिल्ला निर्वाचन कार्यालयहरूका अनुसार ठाउँसारी गर्ने मतदाताको संख्या यसपटक उल्लेख्य रूपमा वृद्धि भएको छ।

झापा निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालका अनुसार जिल्लाभित्रै एक क्षेत्रबाट अर्को क्षेत्रमा नाम सार्ने, तथा अन्य जिल्लाबाट झापा आउनेको संख्या बढी छ। हालसम्म झापामा मात्रै एक हजारभन्दा बढी ठाउँसारीका निवेदन आइसकेका छन्।

प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पनि २,०७२ ठाउँसारीका आवेदन दर्ता भएका छन्।

पहाडी जिल्लाबाट तराईका जिल्लातर्फ सर्नेको संख्या उच्च रहेको र विपरीत दिशामा सर्ने भने निकै कम हुने जानकारी जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका प्रमुख नेत्रप्रसाद घिमिरेले दिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न बनेको अध्यादेश असोज ८ गते जारी गरेपछि असोज १० गतेदेखि देशभर मतदाता नामावली संकलन कार्य सुरु गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka