Premier Cables

राजनीति

विशेष महाधिवेशनमा शेखर-गगन संगै

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०३, २०८२  | बिहान ६:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा विशेष महाधिवेशनको पक्षमा उभिने तयारीमा छन्।

उनीहरूले यसअघि निर्वाचनअघि नै नियमित महाधिवेशनको तालिका ल्याउन दबाब दिँदै आए पनि विशेष महाधिवेशनबारे खुला धारणा सार्वजनिक गरेका थिएनन्। मंगलबार कोइराला र थापाबीच सो विषयमा विस्तृत छलफल भएको थियो।

विज्ञापन

कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान अघि बढाउँदै आएका अगुवा नेता गुरु घिमिरे, देवराज चालिसेसहित अन्य नेताहरू पनि सहभागी थिए।

बैठकमा सहभागी नेता चालिसेका अनुसार, महाधिवेशनको विषयमा कोइराला र थापा एउटै एजेन्डामा अघि बढ्ने सहमति भएको छ। ‘अब दुई नेताबीच कुनै पनि प्रकारको मतभेद छैन,’ उनले भने।

छलफलका क्रममा कोइरालाले दुई मुख्य सरोकार व्यक्त गरेका थिए। पहिलो– पुस मसान्तभित्रै नियमित महाधिवेशन गर्ने अठोटसहित संस्थापन पक्षले कार्यतालिकाको प्रस्ताव ल्याएमा त्यसैमा जानुपर्ने। दोस्रो– नियमित महाधिवेशनको तालिका नल्याई अन्य विकल्पतर्फ मात्र जाने स्थिति रहिरहेमा विशेष महाधिवेशन नै अविहार्य हुने।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka