Premier Cables
Premier Steel

राष्ट्रिय

सुदन गुरुङ भन्छन्ः चुनावमा जादैनौं

Calendar बिहिबार, कार्तिक २७, २०८२  | अपराह्न २:३८ बजे

काठमाडौं । हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’का माग पूरा गर्न नसक्ने बताएका छन् । बिहीबार (कात्तिक २७) निर्वाचन आयोगमा सञ्चारकर्मीसँग उनले आफूहरू ०८४ को निर्वाचन ०८२ मा सार्न मात्र नलडेको बताए ।

उनले आफ्ना माग पूरा नभईकन निर्वाचनमा सहभागी नहुने उद्घोष गरे । सहिद, घाइतेका माग पूरा हुनुपर्नेमा उनले जोड दिए ।

बिज्ञापन

“हामी चुनावमा जाँदैनौँ । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, सहिद भएका छन्,” उनले भने, “गृहमन्त्री ओमप्रकाश अर्यालले धोका दिनुभयो । अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ ।”

सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको उनले उल्लेख गरे । जेनजी आन्दोलनले न्याय पाउनुपर्ने उनले माग गरे ।

“न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौँ ! हाम्रा प्रतिबद्धता पूरा हुन् । हामीले न्याय पाएका छैनौँ । उहाँ (गृहमन्त्री)ले न्याय दिने आशा छैन,” उनले भने ।

उनले देश सरकारको मात्र हो भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए । हरेक नेपाली देश बनाउन आउनुपर्ने उनले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka