Premier Cables

समाचार

कोशी प्रदेशमा मन्त्री फेर्ने एमालेको तयारी, कांग्रेसले के गर्ला ?

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक २६, २०८२  | राती ९:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशमा मन्त्री फेरबदलका तयारी तीव्र बनेका छन्। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्ने अन्तिम तयारी गरेका छन्।

यसको खुलासा केही दिनघि एमाले मोरङ पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका कोशी इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले खुलासा गरेका थिए । उनी कोशी सरकार संचालनको उच्च स्तरीय संयन्त्रका संयोजक पनि हुन ।

विज्ञापन

उनले एमालेका मन्त्रीहरु फेर्ने बताएका थिए । “एमालेबाट सरकारमा रहनुभएका मन्त्रीहरु फेरबदल हुनु हुनेछ” उनले भनेका थिए । को-को फेरिने भन्ने भने सरसल्लाह गरेर निर्णय हुने बताए ।

एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी छन् । उनी बाहेक उर्जा र सामाजिक विकास मन्त्री फेरिने स्रोतले जनाएको छ । भण्डारीलाई भने मुख्यमन्त्री हिक्मत कुमार कार्कीले निरन्तरता दिन चाहेका छन् ।
मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) दुबैसँग छलफल गर्दै मन्त्रालयगत काममा कमजोर प्रदर्शन गर्ने मन्त्रीहरूलाई हटाउने र “नतिजा दिन सक्ने” नयाँ टोली ल्याउने योजना बनाएका हुन्।

भदौ महिनादेखि मन्त्री परिवर्तनको कुरा चल्दै आएको भए पनि कांग्रेसको ढिलाइका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन। तर अहिले मुख्यमन्त्री कार्की एमालेतर्फका मन्त्रीहरू फेर्ने मनस्थितिमा पुगेका छन्। उनले मंसिरको पहिलो साताभित्र नयाँ मन्त्री नियुक्त गर्ने तयारी थालेको बताइन्छ।

एमालेबाट समाजिक विकास मन्त्री पांच कर्ण राई, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर र खानेपानी सिंचाई तथा उर्जा मन्त्री एकराज कार्की छन् ।

कांग्रेसबाट पर्यटन मन्त्री सदानन्द मण्डल उधोग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम र भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई छन् ।

कृषि र पर्यटन मन्त्री भने विवादमा परेका छन् । आउने असारमा भने कोशीमा कांग्रेसले मुख्यमन्त्री लिने पालो छ । तर कांग्रेसले मन्त्री फेर्ने विषयमा बोलेको छैन ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka