Premier Cables
Premier Steel

समाचार

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म, चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

नोट: यो समाचार २ महिना अघिको हो

Calendar मंगलबार, कार्तिक २५, २०८२  | अपराह्न १:३२ बजे

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्सक नेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ।
लोकप्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बनेको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बीच भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख साञ्चलन अधिकृत डा.आशिष खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ देखि मंसिर २७ (९ नोभेम्बर १७ देखि डिसेम्बर १३) सम्म कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुदैछ। राष्ट्रिय खेलाडी कुशल मल्ल चितवन राइनोजका मार्की खेलाडी हुन्।

“हामी खेलकुदसँग सुरु देखिनै जोडिएका छौं। खेलमा हाम्रो लगानी व्यवसायिक भन्दा बढी जिम्मेवारीको कुरा हो। यो हाम्रो समाजर नयाँ पुस्ताप्रतिको लगानी हो, जसले देशभित्र सकारात्मक ऊर्जा फैलाउन मद्दत गरिरहेको छ। अझ, खेलकुदले इन्टरनेटले जस्तै मानिसहरूलाई नजिक ल्याउँछ, एकअर्कासँगको सम्बन्ध बलियो बनाउँछ। यही कारण हामी खेल क्षेत्रलाई निरन्तरसाथ दिइरहेका छौं,” भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले बताए।

भायानेटले स्थापना समय देखिनै खेलकुदलाई आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ। यस अघि, भायानेट फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र भदौमा सम्पन्न कर्पोरेट क्रिकेट लिग दुबैको टाइटल स्पोन्सर बनेको थियो। यस्तै, चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’लाई ब्रान्ड एम्बेसडर घोषणा गर्दै ‘साम्बाप्याक’पनि सार्वजनिक गरेको थियो।

चितवन राइनोजसँगको यस सहकार्य मार्फत भायानेटले खेलाडीको मनोबल, दर्शकको भावना र देशभरका खेल प्रेमीहरूलाई एकै ठाउँमा जोड्ने सेतुको रूपमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka