Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशमा भोलि सार्वजनिक विदा

Calendar सोमबार, कार्तिक २४, २०८२  | राती ९:३१ बजे

विराटनगर । कोशी प्रदेशमा भोलि (कात्तिक २५ गते ) सार्वजनिक विदा दिइएको छ । महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक विदा दिने गरेको छ ।

यस सम्बन्धी विवरण प्रदेश राजपत्रमा समेत उल्लेख छ । विदाका अवसरमा प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक संस्था तथा शिक्षण संस्थामा बिदा हुने छन् । अहिंसाका पूजारी तथा किराँत धर्मगुरुका प्रवर्तक महागुरु फाल्गुनन्दलाई मानिन्छ ।

बिज्ञापन

जन्मजयन्तीका अवसरमा किराँतहरुको धार्मिक स्थल इलामको लारुम्बा लगायत क्षेत्रमा विशेष कार्यक्रम आयोजना हुने गरेको छ ।
महागुरु फाल्गुनन्द राष्ट्रिय विभूति पनि हुन । उनको जन्म वि.सं १९४२ कात्तिक २५ गते इलाममा एक सामान्य किसान परिवारमा भएको थियो।

समाज सुधारक उनले किराँत भाषा, लिपि, संस्कार र संस्कृति संरक्षणमा अग्रणी भूमिका निर्वाह गरेका थिए ।

समानता, सत्य, अहिंसा र मौलिक संस्कृतिको संरक्षणमा जोड दिएका कारण नेपाल सरकारले उनलाई सम्मान स्वरुप राष्ट्रिय विभूति घोषणा गरेको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka