Premier Cables
Premier Steel

समाचार

भारतीय सीमानाका बन्द हुनेबारे मोरङ प्रशासनले जारी गर्यो सूचना

Calendar शनिबार, कार्तिक २२, २०८२  | बिहान ११:२३ बजे

विराटनगर । नेपाल-भारत सीमा सील हुने बारे जिल्ला प्रशासन कार्यालय मोरङले सर्वसाधारणलाई जानकारी गराएको छ ।

प्रशासनले सूचना प्रकाशन गरी शनिबार साँझ ६:१५ बजेदेखि ७२ घण्टासम्म सीमा नाका सीले हुने स्पष्ट गरेको हो ।

बिज्ञापन

बिहार, भारतमा भइरहेको विधानसभा चुनावलाई ध्यानमा राख्दै नेपाल-भारत सीमा नाकाहरू आज, नोभेम्बर ८, २०२५, बिहानदेखि ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गरिएको सूचनामा जनाइएको छ ।

बिहार भइरहेको विधानसभा चुनावको दोस्रो चरणको मतदानलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि सुरक्षा सतर्कता बढाउन सीमा नाका बन्द गरिएको उल्लेख गरिएको छ ।

यो बन्द तीन दिन सम्म जारी रहनेछ। चुनाव सम्पन्न भएपछि नाका खोलिने छ । रेल लगायतका सेवा पनि बन्द हुने छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka