Premier Cables
Premier Steel

समाचार

ईलामका बाढी पहिरो पीडितको घर बनाउन पहिलो किस्ता रकम निकासा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २१, २०८२  | बिहान ११:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

ईलाम । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ईलाम जिल्लाका विपद् प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता रकम उपलब्ध गराएको छ।

प्राधिकरणले जिल्ला प्रशासन कार्यालय ईलाममार्फत पहिलो किस्ता रकम पठाएको हो। यसअन्तर्गत जिल्लाका २०९ जना लाभग्राहीलाई अस्थायी आवास निर्माणका लागि रू. ४८ लाख २५ हजार रुपैयाँ उपलब्ध गराइने भएको छ।

बिज्ञापन

प्राधिकरणले पठाएको पत्रअनुसार सुकेटार, ईलाम नगरपालिका, माईसुङ्गु गाउँपालिका र सन्दकपुर गाउँपालिकाका बासिन्दा लाभग्राही सूचीमा परेका छन्। ती लाभग्राहीहरूलाई प्रति परिवार रू। २५ हजारदेखि रू। ३० हजारसम्म उपलब्ध गराइने उल्लेख गरिएको छ।

अर्थ मन्त्रालयले उपलब्ध गराएको रकम विपद् व्यवस्थापन समितिको निर्णयअनुसार वितरण गरिने जनाइएको छ।

ईलाम जिल्ला प्रशासन कार्यालयका अनुसार अस्थायी आवासका लागि पहिलो किस्ता वितरणपछि स्थायी आवास निर्माणका लागि दोश्रो किस्ताको तयारी थालिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka