ईलाम । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ईलाम जिल्लाका विपद् प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता रकम उपलब्ध गराएको छ।
प्राधिकरणले जिल्ला प्रशासन कार्यालय ईलाममार्फत पहिलो किस्ता रकम पठाएको हो। यसअन्तर्गत जिल्लाका २०९ जना लाभग्राहीलाई अस्थायी आवास निर्माणका लागि रू. ४८ लाख २५ हजार रुपैयाँ उपलब्ध गराइने भएको छ।
प्राधिकरणले पठाएको पत्रअनुसार सुकेटार, ईलाम नगरपालिका, माईसुङ्गु गाउँपालिका र सन्दकपुर गाउँपालिकाका बासिन्दा लाभग्राही सूचीमा परेका छन्। ती लाभग्राहीहरूलाई प्रति परिवार रू। २५ हजारदेखि रू। ३० हजारसम्म उपलब्ध गराइने उल्लेख गरिएको छ।
अर्थ मन्त्रालयले उपलब्ध गराएको रकम विपद् व्यवस्थापन समितिको निर्णयअनुसार वितरण गरिने जनाइएको छ।
ईलाम जिल्ला प्रशासन कार्यालयका अनुसार अस्थायी आवासका लागि पहिलो किस्ता वितरणपछि स्थायी आवास निर्माणका लागि दोश्रो किस्ताको तयारी थालिनेछ।
