Premier Cables
Premier Steel

कोशी प्रदेश

गगन र विश्वप्रकाशले कांग्रेसको छवि बिगारेको उद्धव थापाको आरोप

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २०, २०८२  | साँझ ६:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापाले पार्टीभित्रैबाट गलत व्याख्या र प्रचार भइरहेकाले कार्यकर्ता र सर्वसाधारणबीच अन्योल बढेको बताएका छन्।

बिहीबार बत्तीसपुतलीमा संस्थापन पक्षको महाधिवेशन पक्षधरद्वारा आयोजित दबाब भेलामा सहभागी हुँदै थापाले पार्टीका केन्द्रीय महामन्त्रीद्वयले जनतामाझ पार्टीको छवि कमजोर बनाउने काम गरिरहेको आरोप लगाए।

बिज्ञापन

उनले भने, “कसैले प्रमाणित गरिदिनुस्, ग्यारेन्टी दिनुहोस्— हाम्रो नेतृत्वमा भोट आउँदैन भनेर। हामी तत्क्षण राजीनामा दिन तयार छौँ। तर भोट कसले हाल्छ, कसले हाल्दैन भनेर ठेक्का लिने अधिकार कसलाई छ?”

थापाले अहिले नेतृत्व परिवर्तनको स्वाभाविक समय आएको भन्दै कार्यकर्तामा देखिएको आकांक्षालाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार, “मुलुक अहिले खरानीमाथि उभिएको छ। पहिला देशलाई यस अवस्थाबाट मुक्त गरौँ। प्रतिनिधिसभा निर्वाचनपछि संविधानले देशलाई सही दिशामा लैजान्छ।”
.
राष्ट्रको हित अहिलेको प्रमुख प्राथमिकता भएको बताउँदै उनले पार्टीभित्रका सुधारका काम त्यसपछि अघि बढाउन सकिने उल्लेख गरे।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka