Premier Cables
Premier Steel

राजनीति

सुदन गुरुङद्वारा गृहमन्त्री अर्याललाई चेतावनी – “जनताको पक्षमा काम गर्नुहोस् वा राजीनामा दिनुहोस्”

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २०, २०८२  | अपराह्न १:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै उनलाई तत्काल जनताको पक्षमा काम गर्न वा पदबाट राजीनामा दिन चेतावनी दिएका छन्।

गुरुङका अनुसार देशभर ‘हत्यारालाई कारबाही गर’ र ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने जनआवाज बलियो रूपमा उठिरहेको बेला सरकारले उल्टै युवाहरूलाई लक्षित गरेको छ, जसले जनताको भरोसा तोडेको हो।

बिज्ञापन

गुरुङले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै गृहमन्त्री अर्याललाई आफ्नो अघिल्लो वाचा स्मरण गराएका छन्। उनले लेखेका छन्, “काम गर्न नसके पद छोड्छु भन्ने तपाईंको वाचा सम्झनुहोस्। दुई महिना बितिसक्दा पनि न त कुनै भ्रष्टाचारीमाथि कारबाही भयो, न त कुनै हत्यारा पक्राउ परे।”

आफूहरूले योग्य, इमानदार र परिणाममुखी नेतृत्वका लागि संघर्ष गरेको तर वर्तमान सरकारप्रति जनआशा हराइसकेको उल्लेख गर्दै गुरुङले भनेका छन्, “देशको हितका लागि लड्दा भ्रामक प्रचार र चरित्र हत्या सह्य गरेका हौं, तर अब सरकारको निष्क्रियता स्वीकार्य छैन।”

गुरुङले सरकारले आगामी निर्वाचनको बहानामा जनताको ध्यान मोड्ने प्रयास गरिरहेको आरोप समेत लगाएका छन्। उनले भने, “२०८४ को चुनाव २०८२ मा सार्नका लागि यो आन्दोलन गरिएको होइन, त्यसलाई नाटक नबनाओस् सरकार।”

मागहरू सम्बोधन नभएमा दुई दिनपछि पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीको भविष्यबारे निर्णायक घोषणा गर्ने चेतावनी पनि गुरुङले दिएका छन्। “प्रधानमन्त्रीको प्रिय पात्र भएकै भरमा पद सुरक्षित हुन्छ भन्ने नसोच्नुहोस्,” उनले भने, “यदि तपाईं अझै पनि पदमा टाँसिरहनुहुन्छ भने दुई दिनपछि हुने प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ।”

गुरुङले अन्त्यमा भनेका छन्, “जनता र युवा जागिसकेका छन्। अब गृहमन्त्रीले जिम्मेवारी पूरा गर्नैपर्छ, होइन भने पदमा बस्ने नैतिक अधिकार हराउँछ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka