Premier Cables
Premier Steel

राष्ट्रिय

निकोसल भुसाल पुनः पक्राउ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक १८, २०८२  | अपराह्न २:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । डा. निकोसल (कमल) भुसाललाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार (कात्तिक १८) दिउँसो उनलाई गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको हो।

भुसाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा प्रहरीको सहकार्यमा पक्राउ गरेको पुष्टि गरिएको छ।

बिज्ञापन

उनीमाथि सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोप लागेको छ। यसै आधारमा उनलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिएका छन्।

गोरखाका प्रहरी प्रमुख एसपी भरत विकले पनि डा. भुसाल पक्राउ परेका तथ्य पुष्टि गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka