Premier Cables
Premier Steel

राजनीति

कांग्रेसभित्र रडाको: महाधिवेशन पुस वा बैसाखमा ?

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १७, २०८२  | राती ८:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको अनौपचारिक बैठक आइतबार सकिएको छ। बैठकमा आगामी महाधिवेशन र निर्वाचनसम्बन्धी विषयमा ठोस निर्णय भने हुन सकेन।

बैठकमा समूहगत छलफल भए पनि सहमति नजुटेपछि अन्त्यमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला र विजय गच्छदारबीच वार्ता भएको थियो।

बिज्ञापन

वार्ताबाट सोमबारदेखि केन्द्रीय समिति बैठक सञ्चालन गर्ने समझदारी बनेको नेताहरूले बताएका छन्। तर महाधिवेशन र निर्वाचनसम्बन्धी अन्य विषयमा भने सहमति बन्न सकेको छैन।

बैठकमा सहभागी एक नेताका अनुसार नेता विमलेन्द्र निधिले सहमति भएका विषयहरूमा निर्णय गर्दै जाने र असहमतिका विषयमा निरन्तर छलफलमार्फत सहमति खोज्दै जाने प्रस्ताव गरेका थिए।

निधिले निर्वाचनमा सहभागी हुने विषयमा पार्टीभित्र कुनै मतभेद नरहेको भन्दै भोलिको बैठकबाट सर्वसम्मत रूपमा निर्वाचनमा भाग लिने निर्णय गर्नुपर्ने प्रस्ताव गरेका थिए।

उनका अनुसार निधिले भनेका थिए, “निर्वाचनमा सहभागी हुने विषयमा कांग्रेसभित्र फरक मत छैन, त्यसैले भोलिको बैठकबाट सर्वसम्मत निर्णय गरौं र देशमा सकारात्मक सन्देश दिऔं।”

तर महामन्त्री विश्वप्रकाश शर्माले सबै विषयमा एकैपटक निर्णय गर्नुपर्ने बताउँदै अहिले कुनै एउटा विषयमा मात्रै निर्णय गर्नु उपयुक्त नहुने धारणा राखेका थिए।

“एउटा–एउटा विषयमा निर्णय गरेर जानु ठीक हुँदैन, महाधिवेशन र निर्वाचन दुबै विषयमा एकसाथ निर्णय गरौं,” शर्माको भनाइ उद्धृत गर्दै नेताले बताएका छन्।

महाधिवेशनको मिति तय गर्ने विषयमा पनि दुवै पक्षबीच मतभेद कायम छ। महामन्त्री गगन थापाको पक्षले पुस मसान्तभित्र महाधिवेशन गर्नुपर्ने अडान लिएको छ भने संस्थापन पक्षले वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ।

यसै विषयमा मङ्गलबार हुने बैठकमा दुवै पक्षले आफ्नो–आफ्नो कार्यतालिका र औचित्यसहित प्रस्ताव पेस गर्ने समझदारी बनेको स्रोतले जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka