Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

इटहरीमा कृत्रिम हात वितरणले अपाङ्गता भएका व्यक्तिको जीवनमा आशा

Calendar सोमबार, कार्तिक १७, २०८२  | अपराह्न १:४१ बजे

विराटनगर । करुणा फाउन्डेसन नेपालले द ह्यान्ड्स प्रोजेक्ट जर्मनीको सहयोगमा इटहरीमा कृत्रिम हात नापजाँच, जडान तथा वितरण कार्यक्रम सुरु गरेको छ। आठ दिनसम्म चल्ने यस कार्यक्रममार्फत २०४ जनालाई कृत्रिम हात प्रदान गरिनेछ।

कार्यक्रमको संयोजन करुणा फाउन्डेसनले गरेको हो । कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारले अपाङ्गता भएका नागरिकका अधिकार सुनिश्चित गर्नका लागि नीतिगत तथा बजेटीय सहयोग जारी राख्ने बताएका छन्।

बिज्ञापन

मन्त्री भण्डारीका अनुसार प्रदेश सरकारले १३७ वटै स्थानीय तहमा अपाङ्गता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिसकेको छ। उनले भने, “अपाङ्गता भएका व्यक्ति पनि नागरिक हुन्, उनीहरूलाई समान अधिकार र सुविधा सुनिश्चित गर्नु राज्यको दायित्व हो। यी कार्यक्रमहरू दान होइन, अधिकारका रूपमा लिनुपर्छ।”

भण्डारीले हाल प्रदेशले ८० करोड रुपैयाँ भौतिक क्षतिको सामना गरिरहेको र ३०० घर पुनर्निर्माण गर्नुपर्ने अवस्थाले बजेटमा दबाब पारे पनि सामाजिक कार्यक्रमहरू नकटाइने प्रतिबद्धता जनाए। “अस्थायी दरबन्दी आवश्यक छ, आगामी बजेटमा यी कार्यक्रमलाई निरन्तरता दिइनेछ,” उनले थपे।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ कोशीका सचिव गोपालमान थपलियाले कृत्रिम हात आवश्यकताका आधारमा वितरण गरिने जानकारी दिए। “यो परीक्षणपछि दिइने सहयोग हो, जसले साना–ठूला काम गर्न सहयोग पुर्‍याउनेछ,” उनले भने। थपलियाले सरकारले अपाङ्गता भएका समुदायका लागि छुट्याएको १ करोड ९५ लाख रुपैयाँको बजेट अपुग रहेको उल्लेख गर्दै थप सहयोग आवश्यक रहेको बताए।

करुणा फाउन्डेसनको निर्देशक योगेन्द्र गिरीले यो अभियानले अपाङ्गताको समस्या भोगिरहेकाहरुलाई दैनिक जीवनमा कार्यगर्न सहयोग मिल्ने बताए । सरकारले अपाङ्ग समावेशी समाज निर्माणका लागि नीतिगत रुपमा धेरै काम गर्न बाँकी रहेको बताए । उनले भने,‘‘कोशी प्रदेशलाई समावेशी र पहुँचयुक्त बनाइनु पर्छ । भौतिक पूर्वाधार निर्माण गर्दा अपाङ्गमैत्री बनाइनु पर्छ ।’’

कार्यक्रममा क्रिस्टोफर जेम्स (न्यूजिल्यान्ड) लगायत अन्तर्राष्ट्रिय सहयोगी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उनीहरुको टोलीले कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएकाहरुलाई आफैं स्वास्थ्य परीक्षण गरी कृत्रिम हात वितरण गरिरहेका छन् ।

क्रिस्टोफर भने, “अपाङ्गता भएका व्यक्तिको जीवनमा आशा र सम्मान जगाउने यो सुन्दर मानवीय कार्य हो। ”

यस कार्यक्रमलाई ‘द हेन्ड्स प्रोजेक्ट जर्मनी’ले सहयोग गरेको हो, र करुणा फाउन्डेसनले यसलाई ६४ वटा पालिकामा त्रिपक्षीय साझेदारीमा सञ्चालन भइरहेका कार्यक्रमहरूमध्ये एकका रूपमा अघि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka