Premier Cables
Premier Steel

विराटनगर

सिंघिया खोलामा बेपत्ता विराटनगरका युवाको शव तीन दिनपछि फेला

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar सोमबार, कार्तिक १७, २०८२  | अपराह्न १:२७ बजे

विराटनगर । तीन दिनअघि विराटनगरको सिंघिया खोलामा बेपत्ता भएका २४ वर्षीय श्रवण मण्डलको शव सोमबार बिहान फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शव विराटनगर–१४ झटियाही क्षेत्रमा भेटिएको हो।

शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शल्यपरीक्षणका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनुअघि मण्डलले नजिकैको पसलमा गुटखा खरिद गरेको सिसिटिभी फुटेज सार्वजनिक भएको थियो। खोजीका क्रममा प्रहरीले गोताखोर टोली समेत परिचालन गरेको थियो।

विराटनगर–१० निवासी मण्डलले आफैं खोलामा हाम फालेका हुन् वा अन्य कुनै कारणले घटनामा संलग्नता छ भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka