काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचनअघि नै पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ।
नेता डा. शेखर कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा शुक्रबार बिहान बसेको इतर समूहको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनअघि पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्षमा पुगेको हो।
बिज्ञापन
बैठकमा सहभागी एक नेताले भने, “नियमित महाधिवेशन निर्वाचनअघि नै गर्नुपर्छ, ढिलोमा पुस मसान्तभित्र सम्पन्न गरिनु आवश्यक छ। पुस १६ गते महाधिवेशनको मिति तोक्ने प्रस्ताव पनि गरिएको छ।”
बैठकले पुस १६ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तयार पार्न र त्यसका लागि प्रस्ताव शुक्रबारको बैठकमा पेस गर्ने जिम्मेवारी महामन्त्रीद्वयलाई दिएको छ।