काठमाडौं । रेस्क्युका लागि लोबुचे हिमाल पुगेको एक हेलिकोप्टर दुर्घटनामा परेको छ ।
अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो । उक्त हेलिकोप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए । खड्काको अवस्था सामान्य रहेको बताइएको छ ।
बिज्ञापन
“रेस्क्युको लागि गएको थियो,” कम्पनीका एक उच्च अधिकारीले भने, “मौसम खराबीका कारण दुर्घटनामा परेको अनुमान छ ।” दुर्घटना बिहान ७:५० बजेतिर भएको थियो । सोलुखुम्बुका एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार रेस्क्युका लागि गएको हेलिकोप्टर दुर्घटनामा परेको हो ।