Premier Cables
Premier Steel

राष्ट्रिय

लोबुचे हिमालमा रेस्क्युका लागि पुगेको हेलिकप्टर दुर्घटनाग्रस्त

Calendar बुधबार, कार्तिक १२, २०८२  | बिहान १०:१२ बजे

काठमाडौं । रेस्क्युका लागि लोबुचे हिमाल पुगेको एक हेलिकोप्टर दुर्घटनामा परेको छ ।

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो । उक्त हेलिकोप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए । खड्काको अवस्था सामान्य रहेको बताइएको छ ।

बिज्ञापन

“रेस्क्युको लागि गएको थियो,” कम्पनीका एक उच्च अधिकारीले भने, “मौसम खराबीका कारण दुर्घटनामा परेको अनुमान छ ।” दुर्घटना बिहान ७:५० बजेतिर भएको थियो । सोलुखुम्बुका एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार रेस्क्युका लागि गएको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

“बिहान हेलिप्याडमा अवतरण गर्ने बेलामा चिप्लो भएर दुर्घटनामा परेको हो,” उनले भने,“चालकको अवस्था सकुसल छ । अर्को हेलिकोप्टरबाट उद्धार गरिएको छ ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka