Premier Cables
Premier Steel

राजनीति

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ११, २०८२  | राती ९:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रदान गरिएको सुरक्षा व्यवस्था फिर्ता गरेको छ।

गृह मन्त्रालय स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा उनलाई दिइँदै आएको सुरक्षा सुविधा फिर्ता लिइएको हो।

बिज्ञापन

नेपालको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका १३ जना र नेपाल प्रहरीका केही सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ। तर, मापदण्डअनुसार पाउने दुई जना सुरक्षा कर्मी भने यथावत् रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार नेपाललाई मापदण्डअनुसार पाउनुपर्ने सुरक्षा सुविधा कायम रहेको छ।

यसैबीच, सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka