Premier Cables
Premier Steel

राष्ट्रिय

देउवा दम्पत्ती थप उपचारका लागि सिंगापुर जाँदै

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १०, २०८२  | अपराह्न १२:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राति थप उपचारका लागि सिंगापुर प्रस्थान गर्दैछन्। सभापति निकट एक शीर्ष नेताका अनुसार, देउवा राति ९ बजे पत्नी आरजु राणासहित सिंगापुर जान लागेका हुन्।

गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ को दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि आक्रमण भएको थियो। सुरक्षाकर्मीले उद्धार गरी उनीहरूलाई सेनाको सैनिक अस्पताल, छाउनीमा पुर्‍याएका थिए। कांग्रेस नेताहरूका अनुसार, सो घटनामा देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो।

बिज्ञापन

आक्रमणपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते मात्र पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए। त्यही दिन उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka