Premier Cables
Premier Steel

राजनीति

धनकुटाबाट एमालेले जनप्रदर्शन गर्ने, मुख्यमन्त्री कार्की भन्छन्- यो सरकारले चुनाव गराउन सक्तैन

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८२  | राती ९:१४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वर्तमान सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकाले चुनाव हुन नसक्ने दाबी गरेका छन्  ।

“प्रहरीका कार्यालय जलेका छन्, सवारीसाधन जलेका छन्। के प्रहरीले साइकल र घोडामा चढेर शान्ति–सुरक्षा दिन सक्छ?,”  कार्कीको प्रश्न छ ।

बिज्ञापन

धनकुटामा नेकपा (एमाले)ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले

सरकारले चुनावको वातावरण बनाउन नसकेको आरोप लगाउँदै भने,“पुलिसको गोलीगठ्ठा र हतियार खोसिएका छन्, बर्दी खोसिएका छन्, ती अहिलेसम्म फिर्ता भएका छैनन्। यस्तो अवस्थामा कसरी शान्ति–सुरक्षाको व्यवस्था र चुनाव सम्भव हुन्छ?”

उनले गौरीबहादुर कार्कीको छवि विवादित रहेकोले उनको नेतृत्वमा रहेको समितिले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै सर्वस्वीकार्य सक्ने समिति बने मात्र एमालेले त्यसलाई मान्यता दिने बताए ।

एमाले चुनावदेखि नभाग्ने बताउँदै उनले भने,“संविधानलाई बाइपास गरेर बनेको सरकारले चुनाव गर्न सक्दैन। अब संसद पुनर्स्थापना गरेर सबै पक्षलाई समेटेर मात्र नयाँ सरकार गठन गरी चुनावमा जानुपर्छ।”

उनलेआन्दोलनमार्फत साम्राज्यवादी शक्तिहरू सलबलाउन थालेको र तिनको उपस्थिती नेपालमा देखाउन खोजिएको टिप्पणी गरे।
“‘जेन्जी आन्दोलन’ को नाममा कतिपय तत्वहरूले विद्रोह र विदंश मच्चाउन खोजिरहेका छन्, ती बिस्तारै सार्वजनिक हुँदै जानेछन् र उनीहरूको वास्तविक उद्देश्य पनि जनताले बुझ्नेछन्,” मुख्यमन्त्री कार्कीले भने।

नेकपा (एमाले)ले कात्तिक १५ गते धनकुटाबाट देशव्यापी जनप्रदर्शन सुरु गर्ने जानकारी दिंए ।‌

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka