Premier Cables
Premier Steel

राजनीति

बुद्धका सन्देश विश्वभर फैलाऔं : पूर्वराष्ट्रपति यादव

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar सोमबार, बैशाख २९, २०८२  | अपराह्न ३:३७ बजे

पूर्वराष्ट्रपति डा. रामवरण यादवले गौतमबुद्धका सन्देश विश्वभर फैलाउन आवश्यक रहेको बताएका छन् । हरेक व्यक्तिका लागि जीवनोपयोगी बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन नागरिक र सरकार सबै लाग्नु पर्ने उनको भनाइ छ ।

बुद्ध जयन्तीका अवसरमा काभ्रे सेवा समाजले सोमबार गरेको शान्ति पदयात्रा शुभारम्भ गर्दै प्रथम राष्ट्रपतिले विश्व शान्तिका लागि बुद्धका सन्देशको सान्दर्भिकता अझै बढेको बताए । ‘गौतमबुद्धका सन्देशलाई विश्वव्यापी बनाउन आवश्यक छ, यसका लागि सबै पक्ष लाग्नु आवश्यक छ,’ उनले भने ।

बिज्ञापन

काभ्रे सेवा समाजले काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् शान्ति पदयात्रा आयोजना गरेको हो ।

गौतमबुद्धले पाइला टेकेको पनौतीको मानेश्वरीदेखि सुन्थान–ईंटे–शंखु–शंखेश्वरी जङ्गल हुँदै नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको पदयात्रामा पाँच सयभन्दा बढी सहभागी रहेका आयोजकले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka