Premier Cables
Premier Steel

राजनीति

सरकारसँग डराउँदिन, म विदेश भागेको छैन्: पूर्वमन्त्री दीपक खड्का

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक ०३, २०८२  | बिहान ११:३२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काले आफू सरकारसँग डराएर विदेश नभागेको स्पष्ट पारेका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले खड्कामाथि विदेश पलायन भएको आरोप लगाएको भोलिपल्ट मंगलबार, आफ्नै जलेको घरको परिसरमा पत्रकार सम्मेलन गर्दै खड्काले ती दाबी अस्वीकार गरे।

“सरकारले ममाथि वारेन्ट जारी गरेको छ? विदेश जान रोक लगाएको छ? म भागेको भन्न मिल्छ?” उनले प्रश्न गरे, “यस्ता झिनामसिना कुराले मलाई छोँदैन। म डराउँदिन।”

२४ भदौमा भएको जेनजी आन्दोलनका बेला आफू घरमै रहेको खड्काले दाबी गरे। आन्दोलनकारीले घरको ढोका पिट्न थालेपछि आफूले खाना खान नपाएको उनले बताए। “त्यो दिन म घरमै थिएँ। खाना खाँदै थिएँ, ढोका ढ्याङ-ढ्याङ गरेपछि खान पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ,” उनले भने।

उनले नेपाली सेनाको सुरक्षामा घरबाट निस्किएर सुरुमा छिमेकीकहाँ, त्यसपछि सेनाको क्याम्पमा र पछि केही दिन तराईमा बसेको जानकारी दिए। “त्यसपछि बिरामी भएपछि भारत गएँ। त्यहाँ डेँगु भएको थाहा भयो,” उनले भने। भारतमा केही मन्त्रीहरूसँग भेटघाट पनि भएको उनले बताए।

खड्काले अहिलेको सरकारले निर्वाचनको घोषणा गरिसकेकोले त्यसबारे टिप्पणी नगर्ने बताएका छन्। “सरकार अहिले मुलुक सम्हाल्ने दायित्वमा छ। परिस्थिति विशेषमा बनेको सरकार हो,” उनले भने, “अबको जिम्मा राजनीतिक दल र नागरिकले लिनुपर्छ।”

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka