Premier Cables
Premier Steel

राजनीति

मोरङ ३ मा स्वच्छ छविका वीरेन्द्र बस्नेतको इन्ट्री, के होला मेडिकल व्यवसायी सुनील शर्माको हाल ?

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ३१, २०८२  | बिहान १०:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपालको प्रमुख निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत राजनीतिमा होमिएका छन् । उनकै नेतृत्वमा नयाँ पार्टी पनि निर्वाचन आयोगमा दर्ता भई सकेको छ । मोरङ क्षेत्र नम्बर ३ बेलबारी डाँगीहाटमा उनको घर छ ।

त्यस क्षेत्रका मात्र नभई झापा, मोरङ र सुनसरीका हज्जारौं किसानलाई आधुनिक कृषिखेती प्रणालीमा जोड्न र उत्पादन पूर्व नै धानको समर्थन मूल्य दिने कार्यमा उनी सक्रिय छन् । यो काम सरकारले समेत गर्न सकेको छैन । बेलबारीको डाँगीहाटमा बस्नेतले आरजु राई मिल संचालन गरेका छन् । त्यहाँ धेरैले रोजगारी प्राप्त गरेका छन् । मेसिनबाट धान रोप्ने, कटाई गर्ने अभियानमा झापा, मोरङ र सुनसरीका हज्जारौं किसानलाई उनैले जोडेका हुन । समग्रमा धेरै किसानलाई धनी बनाउन उनले योगदान दिएका छन् ।

बिज्ञापन

तर, यो निर्वाचन क्षेत्र विवादित छविका नेपाली कांग्रेसका नेता मेडिकल व्यवसायी सुनील शर्माको हो । शर्माले विराटनगरस्थित नोबेल मेडिकल संचालन गर्दै आएका छन् । अघिल्लो चुनावमा उनी मोरङ ३ बाट निर्वाचित भएका थिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट शर्मा उठ्ने धेरैको दाबी छ । बस्नेतले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन्।

बस्नेत हालै गठन भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’ बाट उम्मेदवार बन्ने छन् । पार्टी अध्यक्ष तथा समाजशास्त्री दिनेश प्रसाईंका अनुसार, बस्नेतलाई मोरङ–३ मा उम्मेदवार बनाउनेबारे अनौपचारिक रुपमा बलियो तयारी भइरहेको छ। यद्यपि, पार्टीको औपचारिक निर्णय भने आउन बाँकी छ।

वीरेन्द्र बस्नेत मोरङमा लगानीकर्ता र व्यवसायीको रूपमा चिनिएका छन्। उनको उम्मेदवारीले मोरङ–३ को चुनावी प्रतिस्पर्धा थप चर्किने देखिएको छ। गत निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका डा. सुनिल शर्मा विजयी भएका थिए तर उनको छवीका कारण धेरै मानिस दिक्क भएका छन् । र आगामी निर्वाचनमा पनि उनी उम्मेदवार बन्ने चर्चा छ। सुनील शर्मा भने पछिल्लो समय आफूले पैसा दिएर राखेका युटुयुबरहरु साथै लगाएर आफ्नो बखान गराउन हिंड्ने गरेका छ्न । उनले आफू निर्वाचित भए आफ्नो क्षेत्रका मतदातालाई निःशुल्क उपचार गराउने फन्डा चलाएका थिए । उता, नेकपा (एमाले) भने अघिल्लो चुनावमा उम्मेदवार भएका भानुभक्त ढकालको सट्टा नयाँ अनुहार खोजीमा रहेको छ।

बस्नेतको पार्टीले कुनै पनि दलसँग गठबन्धन नगरी आफ्नै एजेन्डामा आधारित राजनीति गर्दै अगाडि बढ्ने स्पष्ट गरिसकेको छ। बस्नेतले पार्टीका मुख्य उद्देश्यहरू हुन्- समृद्धि, समता र स्वाभिमान, जसका लागि सुशासन, उद्यमशीलता र दिगो रोजगारीलाई थमिकता दिइने बताइएको छ। प्रसाईंले भने, “देशमा भ्रष्टाचारमुक्त शासन, रोजगारी सिर्जना, र सम्पत्ति निर्माणका लागि उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्छ। विदेश पलायन रोक्न युवाहरूलाई देशमै अवसर दिनु आवश्यक छ।”

‘स्वच्छ छवि’ भएका उम्मेदवारको प्राथमिकतामा यस पटक धेरै मतदाता लाग्ने अनुमानबीच सुनील शर्मालाई बस्नेतले पराजित गर्ने धेरैले अड्कल नै गर्न थालेका छन् ।

प्रसाईंले स्पष्ट पारेका छन् कि पार्टीले राजनीतिमा नयाँ, इमानदार र स्वच्छ छवि भएका उम्मेदवारहरूलाई प्राथमिकता दिनेछ। हाम्रो मापदण्ड स्पष्ट छ- ‘उम्मेदवारले हाम्रो एजेन्डामा कस्तो योगदान दिन सक्छन् भन्ने हेर्नेछौं। स्वच्छ छवि र इमान्दारिता हाम्रो पहिलो शर्त हो,’ उनले भने। साथै, पुराना पार्टीमा रहेर पनि राम्रो काम गरेका र नयाँ पार्टीको विचारसँग सहमत हुने व्यक्तिका लागि ढोका खुला रहने उनले बताए।

गत दुई वर्षदेखि पार्टी खोल्ने तयारीमा रहेको भन्दै, अध्यक्ष प्रसाईंले अब चुनाव नजिकिँदै जाँदा पार्टी गतिविधि तीव्र पारिने जनाएका छन्। यद्यपि, चुनावी तयारीका चर्चा चलिरहेका बेला वीरेन्द्र बस्नेतले भने यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa