Premier Cables
Premier Steel

विराटनगर

रोटरी डाउनटाउनद्वारा सय दृष्टिविहीनलाई छडी वितरण, ‘टच अफ साइट’ परियोजना सम्पन्न

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २९, २०८२  | साँझ ५:१७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सोमबार “टच अफ साइट” परियोजनाअन्तर्गत दृष्टिविहीन व्यक्तिहरूलाई १०० वटा हिँड्ने छडी वितरण गरेको छ।

कार्यक्रम रोटरी भवन, विराटनगरमा सम्पन्न भएको थियो।
यस अवसरमा रोटरी असिस्टेन्ट गभर्नर बिनोद अग्रवाल प्रमुख अतिथि थिए।

बिज्ञापन

परियोजनामा श्याम राठीले आंशिक आर्थिक सहयोग गरेका थिए ।

परियोजना समन्वयकका रूपमा रोटेरियन पूनम राठी र रोटेरियन सविता धनावतले सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रोटेरियन गिरिजा सरडाले गरिन

परियोजनाको उद्देश्य दृष्टिविहीन समुदायमा स्वावलम्बन र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुर्‍याउनु रहेको क्लबले जनाएको छ।

क्लबका पदाधिकारीहरूले भने, “यो परियोजना हाम्रो तर्फबाट दीपावलीअघि मानवीय उज्यालो बाँड्ने प्रयास हो।”

केही हिँड्ने छडीहरू अझै बाँकी रहेको र आवश्यकता भएका दृष्टिविहीन व्यक्तिहरूले सम्पर्क गर्न रोटरी डाउन टाउनले जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka