Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

पाकिस्तानी र अफगान सेनाबीच भिषण संघर्ष, ७८ जनाको मृत्यु

Calendar आइतबार, असोज २६, २०८२  | साँझ ६:३८ बजे

काठमाडौं । पाकिस्तानी र अफगान सेनाबीच सीमा क्षेत्रमा भिषण संघर्ष चर्किएको छ ।

सीमा क्षेत्रमा गरिएको कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएको तालिबान सरकारका प्रवक्ता जाबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै अल-जजिराले जनाएको छ ।

बिज्ञापन

यसै साताको सुरूमा काबुलमा भएको हवाई आक्रमणको जवाफमा यो कारबाही गरिएको तालिबानी अधिकारीहरूले जनाएका छन् । त्यसक्रममा ठूलो संख्यामा पाकिस्तानी हतियारसमेत कब्जा गर्न सफल भएको प्रवक्ता मुजाहिदले जनाए ।

अफगानी सेनातर्फ भने २० सैनिक मारिएका छन् । तालिबानको दाबीका बारेमा भने पाकिस्तानले कुनै प्रतिक्रिया दिएको छैन । यसअघि तालिबानले कुनार र हेलमन्ड प्रान्तका कैयौं सीमा विन्दुमा आक्रमण गरिएको र तीन पाकिस्तानी सैनिकलाई समेत नियन्त्रण लिएको जनाएको थियो ।

पाकिस्तानी सरकारी टेलिभिजनले भने अफगानिस्तानका १९ वटा बोर्डर पोस्ट नियन्त्रणमा लिएको दाबी गरेको छ ।

अफगानिस्तान र पाकिस्तानबीच सुरू भएको तनावलाई लिएर इरान, कतार, साउदी अरेबियाले चिन्ता व्यक्त गर्दै कूटनीतिक संवादलाई अघि बढाउन आग्रह गरेका छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka