Premier Cables
Premier Steel

राष्ट्रिय

भाइरल बनेको “T.O.B.” के हो? सामाजिक सञ्जालमा फैलिएको नयाँ रहस्य

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २६, २०८२  | अपराह्न १२:५३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सामाजिक सञ्जालमा हालै “T.O.B.” लेखिएको टिसर्ट र ज्याकेट लगाएका युवाहरूको चर्चा चुलिएको छ। यो शब्द र यससँग सम्बन्धित समूहको वास्तविक उद्देश्यबारे विभिन्न अड्कलबाजी चलिरहेका छन्।

शनिबार बिहान “HTP खबर” नामक फेसबुक पेजले पत्रकार दिवाकर साहको एउटा भिडियो सार्वजनिक गरेपछि विषय झन् तातिएको हो। भिडियोमा साहले आफूलाई केही व्यक्तिहरूबाट खतरा महसुस भएको भन्दै उनीहरूको कपडामा “T.O.B.” लेखिएको देखिएको बताएका छन्। उनले ती व्यक्तिहरूको नाम भने खुलाएका छैनन्।

बिज्ञापन

भिडियो सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा भाइरल बन्यो। प्रयोगकर्ताहरूले भदौ २३–२४ (सेप्टेम्बर ८–९) मा भएको Gen Z आन्दोलनका पुराना भिडिओ र तस्वीरहरू हेर्न थाले, जहाँ “T.O.B.” लेखिएका पहिरनमा देखिने युवाहरू भेटिए।

यही आधारमा “T.O.B.” को अर्थ के हो भन्नेबारे विभिन्न अनुमान उठ्न थाले। केहीले यसलाई “Tibetan Original Blood” भनेर फ्री तिब्बत आन्दोलनसँग जोड्न खोजे। तर, Techpana को अनुसन्धान अनुसार “T.O.B.” वास्तवमा “The Original Brothers” भन्ने समूह हो, जसको इन्स्टाग्राम खाता सन् २०२४ को मार्चमा खोलिएको थियो।

यस समूहको इन्स्टाग्राममा उनीहरूलाई बुलेट बाइकमा देखिने युवाहरूको समूहका रूपमा चिनाइएको छ। समूहका एक सदस्य बिराज खड्काले भिडियो सन्देशमार्फत आफूहरू Gen Z आन्दोलनमा सहभागी भएपछिको चर्चा मात्र भएको र पहिले त्यस्तो कुनै नियोजित संलग्नता नभएको दाबी गरेका छन्। उनका अनुसार समूहको नेतृत्व तेन्जिङ दावा नामक युवाले गरेका छन् — जसलाई लामो कपाल, टाटू, ठूला कानका औंठी र बुलेट बाइकका कारण चिनिन्छ।

यद्यपि, धेरै भिडिओ र तस्वीरमा दावाले लगाएको ज्याकेटमा “T.O.B. – Tibetan Original Blood” लेखिएको देखिन्छ। साथै, सन् २०२४ को अगस्टमा दावाले आफ्नै फेसबुकमा पनि यही लोगो पोष्ट गरेका थिए। अहिले भने समूहको इन्स्टाग्राम बायोमा “The Original Brothers” लेखिएको छ, तर अघिल्ला सामग्रीहरूले नामबारे द्वैधता झनै बढाएको छ।

यसै कारण, “T.O.B.” को वास्तविक उद्देश्य र यसको Gen Z आन्दोलनसँगको सम्बन्धबारे अझै पनि स्पष्टता आइसकेको छैन। सामाजिक सञ्जालमा यो समूहबारे जिज्ञासा र बहस तीव्र रुपमा बढिरहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka