Premier Cables

कोशी प्रदेश

कोशी प्रदेशमा विपद् व्यवस्थापनबारे मुख्यमन्त्री कार्की र नेता आङ्बोबीच छलफल

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २२, २०८२  | साँझ ६:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशमा असोज १८ र १९ गतेको अविरल वर्षाबाट सिर्जिएको विपद् र त्यसको व्यवस्थापनका विषयमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रमुख प्रतिपक्षी नेता इन्द्रबहादुर आङ्बोबीच छलफल भएको छ।

मुख्यमन्त्री कार्यालयमा सम्पन्न छलफलमा बाढी र पहिरोका कारण भएको जनधनको क्षति, तत्कालीन राहत र उद्धार कार्यहरू, साथै दीर्घकालीन पुनःस्थापनासम्बन्धी उपायहरूबारे गम्भीर विचारविमर्श गरिएको थियो।

विज्ञापन

मुख्यमन्त्री कार्कीले विपद् व्यवस्थापनमा सबै राजनीतिक दलहरूको साझा र सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकार जिम्मेवार ढंगले काम गरिरहेको बताएका छन्। उनले आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र अन्तरदलिय सहकार्यलाई प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे।

छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता आङ्बोले तत्काल राहत र उद्धार कार्यमा सरकारको प्रयासप्रति समर्थन जनाउँदै विपद्को प्रभाव कम गर्न थप प्रभावकारी कदम चाल्न आग्रह गरे। साथै उनले यस्तो संकटमा राजनीति भन्दा माथि उठेर पीडितहरूप्रति ऐक्यबद्धता देखाउनुपर्ने आवश्यकता औंल्याए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka