Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशमा विपद् व्यवस्थापनबारे मुख्यमन्त्री कार्की र नेता आङ्बोबीच छलफल

Calendar बुधबार, असोज २२, २०८२  | साँझ ६:२४ बजे

विराटनगर । कोशी प्रदेशमा असोज १८ र १९ गतेको अविरल वर्षाबाट सिर्जिएको विपद् र त्यसको व्यवस्थापनका विषयमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रमुख प्रतिपक्षी नेता इन्द्रबहादुर आङ्बोबीच छलफल भएको छ।

मुख्यमन्त्री कार्यालयमा सम्पन्न छलफलमा बाढी र पहिरोका कारण भएको जनधनको क्षति, तत्कालीन राहत र उद्धार कार्यहरू, साथै दीर्घकालीन पुनःस्थापनासम्बन्धी उपायहरूबारे गम्भीर विचारविमर्श गरिएको थियो।

बिज्ञापन

मुख्यमन्त्री कार्कीले विपद् व्यवस्थापनमा सबै राजनीतिक दलहरूको साझा र सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकार जिम्मेवार ढंगले काम गरिरहेको बताएका छन्। उनले आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र अन्तरदलिय सहकार्यलाई प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे।

छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता आङ्बोले तत्काल राहत र उद्धार कार्यमा सरकारको प्रयासप्रति समर्थन जनाउँदै विपद्को प्रभाव कम गर्न थप प्रभावकारी कदम चाल्न आग्रह गरे। साथै उनले यस्तो संकटमा राजनीति भन्दा माथि उठेर पीडितहरूप्रति ऐक्यबद्धता देखाउनुपर्ने आवश्यकता औंल्याए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka