Premier Cables
Premier Steel

मौसम

मनसुनी वायुको प्रभाव कमजोर बन्यो, वर्षा टर्यो

Calendar मंगलबार, असोज २१, २०८२  | बिहान ११:०६ बजे

काठमाडौँ । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिज्ञापन

महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka